Friday, June 5, 2009

ओखलढुङ्गां


भूमिका
आफनो जीवनका भोगाई अरुबाट प्राप्त धोकाको कारण व्यक्तिगत जीवनलाई समाजसेवा वा जिल्लालाई विकासको गतिमा डार् याउने सोचमा म पुगँे । कहिले काँहि त्यस्तो सोच अचानक पलाउँदो रहेछ आफैलाई थाह हुन सारो ।

प्रेम यो दुई अक्षरको शब्दले मानिसको जीवनमा ठूलो परिवतन ल्याइदिदो रहेछ । जुन परिवर्तन अन्त्यमा गएर सकारात्मक वा नकरात्मक अशावादी वा निराशावादी दुवै हुन सक्ने रहेछ । आजसम्म संसारमा जति व्यक्ति महान प्रतिभाशाली र पूर्ण रुपमा सफल भएका छन् ।

तिनिहरुको जीवन नयाँ पुस्ताकोलागि एक अमुल्य आदर्श बन्न पुगेको हुन्छ । त्यस्को पछाडी कतै न कतैे अमुल्य भुमिकाको रुपमा नारीको हात रहेकै हुन्छ । अिहंसाका जनक गौतम बुद्ध द्वन्द्ववादी भौतिकवादका प्रणेता कार्ल माक्स्र आ आफ्नै कारणले आज दुनियाँमा जीवित रहेका होइनन् । उनिहरुको पछाडी राम्रो या नराम्रो जे भएपनि नारिको हात रहेकै छ । यो मैँले प्रसंग मात्र जोडेको हुँ । मैँले जीवनमा गल्ति गरेको हुँला । आफुले गरेका गल्ति आपैष देखिँदैन् भन्छन । गल्ति देखाइदिने काम त तपाईहरुको हो । म मेरो जन्मस्थान बाल्यकालमा खेलेका पाखा पखेराहरु ती प्रकृतिका मनोरम दृश्य सम्झन्छु र सुन्दर मुरना पोकली मलाई यो युवा अवस्थामा आईसकेर पनि त्यहाँ केहि दिन नसकेको जस्तो आत्मग्लानि भएर आउँछ । त्यसैले केहि गर्न सकिएलाकी भनेर यो सानो पुस्तिका लेखेको हुँ । प्रसस्त पैसा कमाएर मात्र मानिस सफल बन्न सक्दैन । सफलता नाप्ने माध्यम पैसा होइन । सफल त्यो मान्छे मात्र हुनसक्छ जस्ले समाजबाट इज्जत पाउन सक्छ । उसले समाजलाई केहि दिएको हुन्छ । धनाढय तर घृणित भएर बाँच्नुको सार्थकता छैन । तपाँईहरु आपैष बिचार गर्नुस त एउटा स्वस्थ आमा भएर पनि आफनो बच्चालाई दुध चुसाउन पर सर्छिन भने उनले आमाको कर्तब्य निर्वाह गरेको ठर्हछ र मानिसको जीन्दगी एक नदी हो । समुन्द्रको कोखमा बिलिन नभएसम्म धेरै अप्ठयारा ठाउँहरुबाट बग्दै जानुपर्छ । कहिले हिमाली चिसो खोच् कहिले भत्भती पोल्ने तराई त कहिले र्निजन पहाड भित्रबाट ! यो मेरो घर परिवार भित्र नैँ घटेको घटनाबाट सिजृत वास्तविकताको संगालो हो । जब मेरी आमा लाई क्यान्सर भएर जिल्ला बाहिर अर्थात राजधानी लैजानु पर्ने अवस्था आयो गाउँको बिकटता विकासमा पछिपरेको अवस्थाले नराम्ररी मनमा बिमुायो । फेरी अस्पतालमा बिरामी अमालाई डाक्टर र नस्रहरुले देखाएको आत्मिएताले मेरो मनलाई समाज सेवामा लाग्न प्रेरित गर् यो फलस्वरुप सामाजिक कार्यको लागि सामुहिक प्रयास नै अपरिहार्य देखेँ मैँले बुझेको ओखलढुगंा र त्यहाँ हामीले गर्न सकिने विकास निर्माणका संभावनाहरुलाइ यहाँ उतारन कोशिस गरेको छु ।

१ भौगोलिक परिचय
पूर्वााचल विकास क्षत्र अन्र्तगत पर्ने ओखलढुङ्गां विश्व विख्यात सगरमाथा अाचलमा पर्छ । पूर्वदेखि पश्चिमतर्पु पुूक्दै गएको यो जिल्ला विकासको दृष्टिकोणले धैरै पछाडि पर्छ । उत्तरमा सोलुखुम्बु दक्षिणमा उदयपुर र सिन्धुसँग ओखलढुगां जिल्ला जोडिएको । पूर्वमा खोटाड जिल्लासँग दुधकोशीले र पश्चिममा रामेछापसँग लिखु नदिले छुट्टाएको छ । यो जिल्लाको भू-बनौट नै नेपालका अन्य जिल्लाहरुभन्दा बेग्लै छ । आखलढुङ्गांलाई तीनतिरबाट नदिले घेरेकोछ ।

नेपालका ७५ जिल्ला मध्येबाट क्षत्रफलको हिसाबले ६८ औँ स्थानमा र जनसंख्याको हिसाबले ५९ औँ नम्बरमा पर्छ आखलङ्ढुगां जिल्ला पृथ्वीनारायणको एकीकरण पछि भीमसेन थापाको प्रसासनिक विभाजन अन्र्तगत नेपाल अधिराज्यलाई ३९ जिल्लमा बाँडिएको थियो जस अन्र्तगत आजका सोलुखुम्बु र खोटाङगं जिल्लाका पूर्व ३ नं। ओखलङ्ढुगा जिल्ला अन्र्तगत नै पर्दथिए । यो २०१८ साल अघिसम्म कायम थियो आज ओखलढुङ्गा जिल्ला भित्र ५६ गाँउ विकास समिति पर्दछ । ओखलढुङ्गा जिल्लाको कुल क्षत्रफल १०७४ वर्गकिलोमिटर अर्थात १०५८६४ हेक्टर छ । यसको भौगोलिकि धरातल अक्षांश २७७३टज्ञटज्ञटस६ु देखि २७७३टज्ञटज्ञटस२२ु उत्तरसम्म पर्दछ । र देशान्तर ८६ं७३टज्ञटज्ञटस१०ुं देखि ८६७३टज्ञटज्ञटस३२ु पुर्वसम्म पर्दछ ।

२।भौगोलिक विभाजन
डाँडा काँडा भीर पाखा खोल्साखो_िल्स वनजंगल टार वेँसी पाखापखेरा आदी जस्ता धरातलीय स्वरुप भएको यस जिल्लालाई विभिन्न भागमा वर्गिकरण गर्न सकिन्छ । ती यसप्रकार छनस् ओखलङ्ढुगां समुन्द्रि सतहदेखि ३९० देखि ३६७२ मिटर सम्म पर्ने हुनाले तल्लो क्षेत्रलाई वेशी मानिन्छ । जिल्लाको ठूलो क्षेत्रफलको १६१ वर्ग कि मि अर्थात छ प्रतिशत भूभाग यो क्षेत्रले ओगटेकोछ । खोलाछेउका नदी क्षेत्र र उच्चाइ कमका ठाँउहरु यो क्षेत्रमा पर्छन । यो क्षेत्रमा बसोवास गर्ने जन्ताको मुख्य पेशा कृषि हो । फलफुल्र तरकारी पशुपालन र माछापालन स्थानीय वासिन्दाका नगद रकम खैँचने भरपर्दा उपाउहरु हुन ।

ख मध्य पहाडि क्षेत्र
यस क्षेत्रले जिल्लाको ६९८ वर्ग कि।मी। भूभाग अर्थात ६५ प्रतिशत भूभाग क्षेत्रफल ओगेटेकोछ । सदरमुकाम रुम्मुटार यसै क्षेत्रमा पर्छ । धान मैदा गहुँ कोदो फापर तोरी तरकारी र पशुपालन यस क्षेत्रका वसिन्दाले गर्छन् ।

ग लेकाली क्षेत्र
कुल क्षत्रफलको २० प्रतिशत अर्थात २१५ वर्ग कि।मी। ओगटछ लेकाली क्षत्रले । यहाँ पातलो वस्ती छ । जनताले मँकै उवा आलु जौ गहुँ स्याउ खेती र भेडा च्याँग्रा तथा चौरी पालन गर्छन् ।

३ भौगोकि विभाजनको सहि सदुपयोग
स्थानीय नागरिकहरुलाई राजनीतिक दलहरुले सही ज्ञान र सिप दिन सकेको खण्डमा ओखलढुङ्गांको विकासमा कायापलट फेरिन लामो समय लाग्दैन । औल अर्थात समुन्द्र सतहदेखि कम उच्चाइ क्षत्रमा गर्न सकिने कामहरु धेरै छन् । यस क्षत्रका गाविसले विपन्न परिवारको उपभोक्ता समिति बनाई उन्नत जातका माछापालन खसि बोका पालन पशुपंछी पालन आदी गराउन सकिन्छ । त्यस्तै मध्य पहाडि क्षत्रमा अहिले गरिएको अतिरिक्त पशुपंछी पालन गराउन गारो छैन । किनभने जिल्लाभरीमा २३० सामुदायिक वन वन १४ वटा कवुलियत वन र निजि वन र एउटा निजि वन छन् । यस हिसावमा चरन क्षेत्रको समस्या जिल्लामा छैन् । यस्ता वन क्षेत्रमा अनेकौँ प्रकारका जडिबुटीहरुको खेति गर्न सकिन्छ । यो जनताको निम्ति लगानी विनाको आम्दानी र स्थानीय सरकारको निम्ति शुद्द आम्दानी बन्न सक्ने पक्का छ । लेकाली क्षेत्रको सम्भाव्यता त कति हुन्छ कति । अहिले स्याउ खेति भए पनि वजार छैन भनेर चिन्ता लिनु पर्ने देखिदैन । स्याउलाई भटिमा सेकाएर सुकुटी बनाउन सकिन्छ चौँरीको दुधबाट छुर्पी बनाउन सकिन्छ । सम्बन्धित क्षेत्रबाट अध्यान गराएर लेकाली वनमन अलैँची खेति गर्न सकिन्छ । यस कामको लागि भने गाविस र जिल्ला विकास समितिको सहयोग अनिर्वाय चाहिन्छ ।

४ प्रमुख नदी नालाहरु
ओखलढु ङ्गंामा पाइने नदी नालाहरु प्राकृतिका वरदान नै हुन । किनकी त्यहाँबाट जलबिद्युत उत्पादन गर्नेसकिन्छ माछापालन देखि याटिक्गं पनि गराउन सकिन्छ दुधकोसी सुनमकोसी लिखु मोलुगं ठोटने लिस्ने सेर्ना बाँगें खाला खानी खोला ढाँड खोला पंखु खाला एलुगं खोला लिम्फु खोला साल्पु खोला डुँडे जुँगे चोक्टि मंगला अँधेरी पाताले सप्ली र खार्ने ओखलढुङ्गांका चर्चित खोला तथा नदी हुन् । यहाँका नदी खोलाबाट ठूलो मात्रामा नभएर पनि लघुजलविद्युत निकाल्न सक्ने प्रचुर संभावना छ । लिखु दुधकोसी र सुनकोसीबाट त सयौँ मेगावटको विद्युत उत्पादन गर्न सकिन्छ । एउटा नदि वा खोलाबाट मात्र होइन दर्जनौ जलविद्युत भटी साचालन गरी विद्युत उत्पादन गरेको खण्डमा ओखलढुङ्गांबाट उत्पादित विद्युतले िसंगों नेपाललाई झलमल्ल पार्न सक्छ । त्यसबेला ओखलढुङ्गां जिल्लाको परिचय नै नेपालको लागि विश्वमा काफी हुन सक्छ ।

५ झरना
ओखलढुङ्गा मात्र नभए नेपालकै दोश्रो अग्लो धार्मिक र पर्यटकीय महत्व बोकेको चर्चित झर्ना पोकली यही जिल्लामा पर्छ १३१ मिटर अग्लो यो झर्ना बाहेक रातमाटे मुर्ना १११ मि। पनि यही जिल्लामा पर्छ । अन्य झर्नामा सेप्ली ढिकुरे सेर्ना सेलेले र न्याँउले जस्ता अन्य झर्नाहरु पनि पर्छन तर पोकली झर्नाको आफ्नै विशेष खालको एतिहासिक महत्व छ । पोकली झर्नाको बारेमा धेरै कुराहरु साचारमाध्यममा आएका छन् । तर जति प्रचार गरिएको यो कदापी पुरा हुन सक्दैन । यसबारेमा तल उल्लेख गरिन्छ ।

नेपालका प्रमुख मुरनाहरुस्

झरनाको नाम उचाई मिटरमाजिल्ला
ह्यालगं
भैरव कुण्ड
गुम्छावाल
वाउली गाँठ
सुली गाँठ
रातमाँटे
खारखोला
पोकली
भेलछाडका झरना
ओदरी खोलाको झरना
छोरी खोलाको झरना
जोरपानि झरना
पूणधारा
३६५
१९८
१७१
१६८
१६७
१११
१०७
१३१
७३
७१
६१
४६
३०
तेह्रथुम
सिन्धुपाल्चोक

डोल्पा

ओखलढुगां
रुकुम
ओखलढुगां
डोटी
उदयपुर
दैलेख
डोटी
दागं देउखुरी

माथि उल्लेखित झरनाहरुमध्ये अहिलेसम्म सबै भन्दा बढी पत्र पत्रिकामा छाएको भनेको पोकली झरना हो । पोकली झरनासँग मेरो वाल्यकालदेखिको सम्बन्ध छ । जुन बेला म पोकली गाविसबाट हरुए मलाई एउटा धागोको त्यान्द्रो जस्तो बाटोबाट रातो बाँदर जस्तो जन्तुले लिएर गयो । उसको गुफा अर्थात ओढारमा केहि समय उसगैँ बसेपछि मैले धार्मिक चेतना र जागरण जीवनमा प्राप्त गरेँ । त्यो मार्ग देखाउने सामुहिक काम गर्न र जस्ता सुकै समयमा संर्घष गर्न पछि हटन नदिने एउटा ज्ञान थियो । त्यही शिक्षालाई ग्रहण गर्दै केही साथिहरुको पहलमा पोकली मुर्ना सेवा समाज नामक सामाजिक संस्था दर्ता गरी काम गर्दैछौँ । हुन त ओखलढुगां भित्र गाविसको भन्दा सामाजिक संस्था एन्जिओको संख्या बढी छ । अन्तराष्टिय गैर सरकारी संस्था आइएनजीओ १० वटा अन्य जिल्लामा दर्ता भई ओखलढुङ्गामा कार्यरत एनजिओ ९ वटा र जिल्ला प्रशासन कार्यालय ओखलङ्ढुगा दर्ता भई कि्रयाशील संस्था ६८ वटा छन् । यो २०५९÷६० को राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको तथ्याङ्क हो । कुल ५६ गाविस रहेको ओखलङ्ढुगाका ४० वटा गाविसमा आज पनि बाटो छैन पक्की त परै जाउँ कच्चि समेत पुगेको छैन । जिल्ला स्वास्थ्य कार्यालयमा एकजना डाक्टरको दरवन्दी छ । अनमी १५ र स्वस्थ्य सहायकको संख्या ४८ छ । तै पनि अधिकंांस यिनिहरु सदरमुकाम वा सुविधा पाइने ठाउँमा मात्र बसेका छन् । नेपाल स्वीस सामुदायिक वन परियोजना आइएनजिओले अहिलेसम्म के गर् यो भनेर कसैले भन्न सत्तैुन । जबकी उसले चाहने र गर्न सक्ने हो भने वनजंगल आधारित विभिन्न परियोजनाहरु साचालन गर्न सक्छ । दोलखा जिल्लामा गर्ने संस्थाले ओखलढुङ्गामा चैँ किन हात नहालेको

ग्रामीण उर्जा विकास र नेपाल रेडक्रस सोसाइटी पनि त्यहाँ कार्यरत छन् । अहिले जनता सात दिनको बाटो लगाएर जुकाको औषधी किन्न सदरमुकाम धाउनु पर्ने अवस्था छ । उर्जाको कुरा गर्दा लेकाली भेगका जनता दियालोको भरमा र अन्य क्षत्रका टुकी युगकै अवस्थामा छन् वि्रटेन नेपालमेडिकल टस्टले आजसम्म ५००-१००० जति सिटामोल र केहि सय ढाल बाँडेको वाहेक अरु केहि नगरेको पिडितहरुको दुखेसो छ । यदि सामाजिक संस्था मिलेर मनमा पवित्र भावना राखेर काम गर्ने हो भने प्रत्येक महिना नयाँ नयाँ विकास परियोजनाहरु साचालन गर्न सकिन्छ । यसको लागि वैज्ञानिक र समाजिक सम्भावनाका तर्कहरु म यहाँ दिन चाहन्छु ।


१ पहिलो चरणका सम्भावनाहरु
कप्रत्येक महिना प्रत्येक गा।वि।स।मा स्वास्थ्य चौकी निर्माण ।
खप्रत्येक वर्ष कम्तिमा तीनवटा माध्यमिक विद्यालय निर्माण ।
गसुविधा सम्पन्न जिल्ला अस्पतालको निर्माण ।
घगा।वि।स।sाे सहयोगमा लघजलविद्यूत निर्माण
ङप्रत्येक इलाकामा प्राविधिक शिक्षालय निर्माण ।

२दोस्रो चरणका सामुहिक कार्यहरु
कलघु उद्योगहरु साचालन ।
अग्रामीण छाला-जुत्ता कारखाना
आअचारदेखि सुकुटिसम्म कुटीर उद्योग साचालन
खबाँस वेतका घरायसी सामान उत्पादन
गउन्नत पशुपालन लेकाली क्षेत्रमा
घजडिवुटि व्यापार

माथि उल्लेखित बुँदाहरुका बारेमा मेरो निचोड यस्तो छ जसलाई व्यवहारमा उतारी कार्यान्वयन गर्न अति सरल र सहज छ ः-

कप्रत्येक महिना प्रत्येक गाविसमा स्वास्थ्य चौकी निर्माण

No comments: