Wednesday, June 24, 2009

संकुचित विचार

Guru Kedar Baral
(303) 725-5818
Currently in the USA
म्ानिसले प्रेमको घोडाको लगाम
अर्काकै हातमा सुम्पिदिए पिछ
काम-वासनाको संसारमा डुब्दा रहेछन्
प्रेमको स्वाद चाखे पछि ।
आत्मा बन्धकि राखेर
संकुचित भावना वोक्ने मेरी काली
ऋाज संकुचित विचार बोकेर
अनियन्त्रित भएर डुल्न थाली ।
अपरिचितलाई टुलुटुलु हेर्छिन रे !
उसले हेरे मुस्कान छर्छिन रे !
अपरिचितले वास्ता नगरेपिछ
दिन बिग्रेको ठान्छिन् रे !
यौवनको पर्दा खुला गरेर
प्रेमको वोलपत्रआव्हान गर्दै
वितिरहेको छ उनको जीवन
मैमत्त ठीटाहरु छान्दा छान्दै ॥
विचार नै संकुचित भए पिछ
विश्वास माथि धोका पाईँदो रहेछ
नसोचेको जीवन यात्रामा
अन्जानमा हिड्न पुगिदो रहेछ ।

No comments: