Thursday, June 11, 2009

मै रहेछु पापी


(गुरु केदार बराल)


तिमी नजिक आउन खोज्दा
म डरले तसर्एथेँ
मिठो वचन तिमीले बोल्दा
म आफै झोक्किएथेँ ।
साथ दिने वाचा गथ्यौं
म तर्किएर हिड्न खोज्थे

तिम्रो दिल दुस्खाएर
म आन्ान्द लिन खोज्थे र
जीवनको यात्रा तय भएथ्यो
कसले रोक्यो तिमीलाई थाहा छ
बीच वाटोमा कसले साथ छोड्यो
त्यो पनि तिमीलाई थाहा छ ।
के थाहा छ आज तिमीलाई
म भित्रका पीडाहरु
सीसा सरी ह्दय फुटि गयो
कसलाई देखाउँ टुक्राहरु ।
प्रेममा पाउन केही सकिन
सबै कुरा गुमाउन पुगेछु

अमर प्रेमको पुजारी म

उनको नजरमा पापी ठहरिएछु ।

No comments: