Thursday, June 11, 2009

ओखल्दुङ्गा आउने पर्यताकहरुको



गुरु केदार बराल
ओखल्दुङ्गा- देशमा शान्ति स्थापना सगै पर्यटन आगमनमा निकै बृद्धि भइरहेको छ । पर्यटन प्रबद्धनका लागि राजधानी देखि प्रौब पश्चिमका जिल्लाहरुमा समेत थुप्रै महोत्सवहरु भइरहेका छन् ।
यद्यपी पर्यटन प्रबर्द्धन भइरहेको बताए पनि कुन कुन जिल्लामा पर्यटकहरुको आगमन कति छ भन्ने कुराको तथ्याङ्क नै छैन । अहिले थुप्रै पर्यटकीय र पर्यटन उन्मुख जिल्लाहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको हृवात्तै बृद्धि भएको छ । तर पर्यटकको तथ्याङ्क लिन पर्यटन मन्त्रालय नै धाउनु पर्छ । जिल्ला जिल्लामा यसको तथ्याङ्क छैन भने मन्त्रालयको तथ्याङ्क कति वास्तविकता होला भनेर कसरी विश्वास गर्न सकिएला र -
देशको अन्य पर्यटकिय स्थल जस्तैओखल्दुङ्गा लाई पनि मान्न सकिन्छ । ओखल्दुङ्गा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकक ह्रवात्तै बृद्धि भएको छ । विगत देखि नै ओखल्दुङ्गा सरकारी कार्यालय देखि हरेक संघ संस्थाको नारा बनेको छ शिक्षा, स्वास्थ्य र पर्यटन । ओखल्दुङ्गामा यस वर्षमात्र होइन गत वर्षकति पर्यटक आए भन्ने तथ्याङ्क न त जिल्ला विकाश समितिमा छ
यि मात्र होइन ओखल्दुङ्गामा पर्यटन सम्बन्धी जानकारी दिने संस्था पोकली झरना, होटल संघ जस्ता यस सम्बन्धी सरोकारवाला संघसंस्थाहरु पनि नभएका होइनन् तर कही छैन यस सम्बन्धी तथ्याङ्क । जिल्लामा त्यस्तो तथ्याङ्क राख्ने भनी सम्बन्ति मन्त्रालयबाट कुनै निर्देशन नभएको भनाइ ओखल्दुङ्गाका स्थानिय विकाश अधिकरी । तेस्रो मुलुकबाटओखल्दुङ्गा आउने पर्यटकहरुको तथ्याङ्क प्रहरी सग हुने स्थानिय विकाश अधिकारी ले बताए पनि प्रहरी सग पनि यकिन डाटा छैन् ।

जिल्ला विकास समितिओखल्दुङ्गा उधोग बाणिज्य अन्य सरोकारवाला संस्थाहरुको मुख्य नारा नै शिक्षा, स्वास्थ्य र पर्यटन छ भने सबैको योजनामा c ।
पाल्पा जिल्लामा अहिले दैनिक बाह्य र आन्तरिक गरी २ सय भन्दा बढी पर्यटकहरू घुम्न आउने होटल ब्यबसायीहरूको अनुमान छ । यसअघि पनि थुप्रै पत्रपत्रिकामा यस्तै अनुमानका भरमा समाचारहरु आउने गरेका छन् । जिल्लाका सरोकारवाला संघ संस्थाले एक महिना मात्रै तथ्याङ्क संकलन गर्ने हो भने पनि मोटामोटी तथ्याङ्क आउने थियो तर ती संस्थाहरु जिल्लाका राजनीतिक दलहरुबाट परिचालित भएकाले पनि यस सम्बन्धि ध्यान नदिइएको भनाइ धेरैको छ ।
जिल्लाको , लगायतका गाउहरु मात्र होइन भौगोलिक, धार्मिक र एतिहासिक महत्वका ठाउहरु पनि ओखल्दुङ्गाका चिनारी बनेका छन् पर्यटन पर््रबर्द्धनका लागि ।
जिल्ला सदरमुकामओखल्दुङ्गामा बाह्य पर्यटकलाई मार्गदर्शकको रूपमा काम गरिरहेको पोकली झरनाले जाडो मौसममा पर्यटक बढी भित्रिने बताए पनि यति नै पर्यटक आउछन् भन्ने कुनै तथ्याङ्क दिन सक्दैन ।
ओखल्दुङ्गालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्ने सरकारको योजनामा पनि भएको भनी जिल्ला बोर्डमा समेत छलफल हुने गरेको छ ।ओखल्दुङ्गामा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्धन गर्नुपर्नेमा यहा आउने सबै मन्त्रीले बताउछन् भने वर्षोनी उद्योग वाणिज्य संघओखल्दुङ्गाले पनि पर्यटन विकाश गर्न को लागि पोकली झरना महोत्सव पनि गर्दै आएको छ । गणतान्त्रिक नेपालमा पनि पुरानै पाराले यस्ता कुराहरुमा भाषण गर्दै मात्र हिड्ने हो भने के नया नेपालको सपना साकार होला ।


--
Guru Kedar Baral
(303) 725-5818
Currently in the USA

No comments: