Tuesday, June 16, 2009

प्रेमीकादेखि सावधान !

असल प्रेमीका भनेर ढुक्क नवन
ऊ धोकेवाज हुनसक्छे
उसको प्रेममा मख्ख नपर
तिमीलाई चुसेर भाग्न्ासक्छे।
प्रेमिका चिन्न सजिलो छैन
माया प्रेममा लठ्ठ पार्छे
धन सम्पत्ति कुम्ल्याएर
अर्को नाठो लिएर जानसक्छे
प्रेममा भावुक नवन
भावना चोर्न सुरु गर्छे
जव उसमाथि भरोसा जाग्छ
त्यही भरोसा तोड्न सक्छे॥
आत्मालाई नियन्त्रण गर
कमजोलाई तोडिदिन्छे
विस्वासमाथि भर नपर
विस्वासघात गर्न सक्छे ।
प्रेमिका छान्न हतार नगर
हतारले निराशा ल्याउन सक्छ
अन्जानमा प्रेममा फसेपिछ
जीवन लथालिङ्घ हुन सक्छ

No comments: