Sunday, June 21, 2009

मलाई के थाहा

Guru Kedar Baral
(303) 725-5818
Currently in the USA

तिमी घण्टौं होइन सिगो रात
कसै संग बन्द कोठामा हुन्छ्यौ भन्छन्
बन्द कोठामा जोडी युवायुवति विच
मलाई के थाहा के के हुन्छन् !
सती सावित्री त आदर्श मात्रै
वास्तवमा मिथ्या कुरा रहेछन्
अस्मिताको खिल्ली उडाउने त
विस्वास गरेकै पो हुँदा रहेछन् ।
आँखा देख्दैन यौन आवेगले
कति खेर के हुन्छ के थाहा
कसैको अँगालोमा परेकी केटीको
भित्री चरित्र मलाई के थाहा
अनायासै वदलिएछ्यौ तिमी
सोच्न पुग्छु के भएर होला
विछोडको डर हिजो सम्म थिएन
तिम्रो मनको योजना मलाई के थाहा
संगै हास्थ्यौं संगै रुन्थ्यौं
स्वर्ग लाग्थ्यो यहाँ
विगत विस्रनको मनै कस्तो
म सोझोलाई के थाहा

--

No comments: