Monday, June 22, 2009

शुभकामना छ तिमीलाई


Guru Kedar Baral

शुभकामना छ काली तिमीलाई
नयाँ प्रेमीसँग आन्न्द मनाउनू
मेरो आर्शिवाद हो यो
यसलाई च्यातेर नफाल्नू ।
प्रेम सन्देश फैलाउँदै हिउ्नु
प्रेमको राजनीति कहिल्यौ नगर
नौलो उपाहार नै के दिन सक्थेँ र !
यसैलाई राख सम्हालेर
बर्षौ वर्ष अमर रहनू
आरोपहरु केही नलागुन्
कात्तिके कुकुर्नी झै अधिपिछ
कुण्डले -मुन्द्रे पछि नलागुन् ।
वाधा अड्चन आए फेारिदिनु
माया प्रेम जोडी रहनु
तर मौसमी माया जालमा
सोझा सिधालाई नफसाउनु ।
प्रेमको वैशाखी टेकेर
कसैको घर दैलो नचोर्नु
नयाँ युवकको खोजीमा
चोक-गल्ली नभौतारिनु ।

No comments: