Friday, July 10, 2009

दोष किन ?



गुरुकेदार बराल
भूलहरु गरेजस्तो लाग्दैन
दोष मैले सोचेको थिईन
कुन चश्माले दोषी देख्यौ
मैले वाचा तोडेको थिइन ।
भोकै तिर्खै तिम्रालािग
दिन रात समय दिएकै थिए
कि म कुरुप लाग्यो
बीच बाटोमै किन पटारिए
बाध्यता के पर् यो तिमीलाई
म माथि दोष थोपर्ने
झूठो दोष दिन लाज लागेन
आज आफै ठूली हुने !
एक पल्त आफैंलाई सोध
हामीमा दोषी को
तिम्रो आत्माले त भन्ला नी
गल्ती थियो यसको ।
के पायौै दोष दिएर
मनमा शान्ति छाएन होला !
के पायौ मेरो बद्नाम गरेर
महलमा वास भेटिननौ होला !!

No comments: