Friday, July 3, 2009

आज के खायौ


Guru Kedar Baral
मलाई हिजोको याद दोहोरिन्छ
तिमी के गर्दैछ्यौ
बिहान खाना खायौ की खाएनौ
दिउँसो खाजा के खायौ।
मैले आजै सुन्न पुगेँ
तिमीसँग खाना खाने चामल छैन रे ।
दुई पेट खानलाई
कस्ौलाई छड्के मार्नुपर्छ अरे ।
क्स्तो दःखमा परेछ्यौ बरै
दया जागेर के गर्नु !
आफैँ नयाँ संसार खोज्न गयौ
उपकार कसरी गरुँ
म त मेरै संसारमा छु
न्यानो घरमा बसेको छु
तिमी त घर न घाटकी भएछयौ
भन अव म के गरुँ
चुक चुकाउन सिवाय अव
म सँग केही छैन
मेरो प्रेम लुछिगयौ
अव नयाँ पन ल्याउन सक्तिन ।

No comments: